कोरोना भाइरसः कोरिया जाने नेपाली कामदार रोकिए

काठमाडौं । सरकारले दक्षिण कोरियामा कामदार पठाउन रोक लगाएको छ ।

श्रम विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले कोरियामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गत हप्तादेखि कोरिया जाने कामदारहरुको उडान रोकेको हो । गत हप्ता करिब २ दर्जन कामदार तालिका अनुसार उड्न पाएनन् ।

आगामी फागुन १८ गतेलाई ४० जना कामदार पठाउने गरी कार्यसूची बनाए पनि अवस्था सहज नहुने देखिएको शाखाका निर्देशक कृष्ण खनालले जानकारी दिए ।

‘हप्तामा दुईरतीन फ्लाइटमा हाम्रा कामदारहरु जानुहुन्छ, तर गत हप्ता हामीले त्यहाँको अवस्था विश्लेषण गरेर उडान रोक्यौं,’ उनले भने,‘रोकिएकालाई १८ गते लैजान प्रस्ताव गरेका छौं, तर त्यो दिन पनि उडान होला जस्तो छैन ।’

उनले कोरियास्थित दूतावाससँग सल्लाह गरेरै उडान रोकिएको बताए । सन् २०२० मा करिब साढे ७ हजार नेपाली कोरिया जाँदैछन् । तर, कोरियामा कोरोनाको संक्रमण फैलिँदै गएपछि आफ्ना नागरिकलाई सुरक्षित राख्न त्यहाँको अवस्था हेरेर मात्रै कामदारलाई पठाउन सुरु गरिएको खनालले बताए ।

‘कामदार असुरक्षित नहोउन् भन्नेमा हाम्रो ध्यान छ,’ उनले भने,‘जाने समय केही पछि धकेल्दा कामदारलाई प्रभाव त पर्छ, तर सचेतता अपनाउन अत्यावश्यक छ ।अनलाइनखबर बाट

ताजा खबर

बाबुको श्राद्धमा अनाथ बालबालिकालाई खिर

कञ्चनपुर, असोज २ कञ्चनपुरका स्थानीय एव एक निजामती कर्मचारीले बाबुको...

जेनजी आन्दोलन ः काठमाण्डौँमा डिएसपी भन्दै जवान क्रुरतापूर्वक मारिए दार्चुलाका थापा

कञ्चनपुर, ३१ भदौँ २४ भदौँ राजधानी(काठमाण्डौँ) जेनजीको आन्दोलनमा महाराजगन्ज प्रहरी...

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?