निर्मला हत्या काण्डः ४० दिन देखी धर्नामा बसेका घाईते भन्छन् ‘सरकार छैन जस्तो लाग्छ’

महेन्द्रनगर । बलात्कार पछि हत्या गरीएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको न्यायका लागी न्याकियक आन्दोलनका क्रममा घाईते भएकाहरु धर्ना बसेका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडी विभिन्न माग सहित न्याय माग्ने क्रममा घाईते भएकाहरु ४० दिन देखी निरन्तर धर्ना बसीरहेका छन् ।

स्वर्गिय निर्मला पन्तलाई न्याय तथा घाईतेहरुको उपचार, निर्दोषलाई फसाउने नगर्न, नेपाल सरकारले निर्णय गरेको घाईतेहरुको पूर्ण उपचार र अंगभंग भएकाहरुको जिविकोपार्जनको निर्णय तुरुन्त कार्यन्वयन गर्न लगाएतका माग सहित पुस १७ गते देखी निरन्तर प्रशासन कार्यालयको प्रवेश द्धारमै घाईतेहरु धर्ना बसिरहेका छन् ।

निर्मलाको न्यायको लागी लड्दा घाईते भएका तथा घाईतेका आफन्तहरु कृत प्रशाद पनेरु, चेतन भट्ट, सुरेन्द्र देउवा, अर्जुन भण्डारा लगाएतका घाईतेहरु आफ्ना माग सहित ४० दिन देखी धर्नामा बसिरहेका छन् ।

तर हाल सम्म पनि आफ्ना मागप्रति प्रशासानले कुनै चासो नदेखाएको घाईते सुरेन्द्र देउवाले बताए । उनले भने ‘हामीहरु धर्ना बसेको आज ४० दिन भयो, तर हाल सम्म पनि कसैले चासो दिएका छैनन् ।’ उनले थपे ‘हाम्रो देशमा गरीव, कमजोर मान्छेका लागी न न्याय छ नत सरकार छ ।’

यद्यपी जिल्ला प्रशासन कार्यालयले उनिहरुका मागसहितको फाईल गृह मन्त्रालयमा पठाइसकेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले बताए ।

उनले भने ‘हामीले उहाँहरुका माग गृह मन्त्रालयमा पेश गरीसकेका छौ तर पनि उहाँहरु आफ्नो रहरले धर्ना बसिरहेका छन् ।’ जब सम्म माग पुरा हुदैन तब सम्म धर्ना बस्ने घाईतेहरुले जनाएका छन् ।

त्यस्तै उनिहरुलाई विभिन्न मानव अधिकारका क्षेत्रमा काम गर्ने संघसंस्था तथा समाजसेविहरुले पनि साथ दिईरहेका छन् ।

निर्मलाको न्यायिक आन्दोलनका क्रममा कञ्चनपुरमा एक जनाको मृत्यु र ६ जना घाईते भएका थिए ।

Leave A Reply

Please enter your comment!
Please enter your name here

ताजा खबर

कञ्चनपुरः घरभित्रै श्रीमान श्रीमती मृ*त भेटिए, ह*त्याको आशंका

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा एक दम्पतीको रताम्मय...

बाँस्कोटाको बचाउ गर्दै प्रधानमन्त्रीले भने ‘भ्रष्टाचार गरेको प्रमाणित छैन’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सञ्चार तथा सूचना...

बैतडी पुगेर राष्ट्रपति भण्डारीले भनिन् ‘सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने शिक्षा ल्याउँछ’

बैतडी । राष्ट्रपति विद्यादेवी भण्डारीले बैतडीको पाटनमा रहेको भीमदत्त...

सुदूरपश्चिम औद्योगिक व्यापार मेलाः आज चर्चित गायक शिव परियारको प्रस्तुति रहने

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला...

काठमाण्डौः विवाहमा दुलाहानै नआएपछि,केटी पक्षले दिए प्रहरीमा उजुरी

काठमाण्डौ–राजधानीमा आयोजित एउटा विवाहमा दुलाहा नआएपछि हल्लीखल्ली मच्चिएको कान्तिपुर...

Developed By

संबन्धित खबर