निराशाजनक ब्याटिङ सधैं तगारो

काठमाडौं । नेपाली टोली बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ। लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार आयोजक बंगलादेशसँग आठ विकेटले पराजित भएपछि नेपाली टोली प्रतियोगिताबाट बाहिरिएको हो। समूहगत चरणको तीनमध्ये नेपालले एक खेलमा जित हात पार्‍यो भने दुई खेलमा पराजय भोग्यो।

नेपालले शनिबार भएको खेलमा हङकङलाई ४० रनले हराएको थियो। उक्त खेलमा नेपालका शरद भेषावकरले ८९ रन बनाएका थिए। आफ्नो पहिलो खेलमा नेपाली टोली भारतसँग सात विकेटले पराजित भएको थियो। समूह ‘बी’ मा दुई अंकसहित नेपाल तेस्रो भयो भने खाता खोल्न नसकेको हङकङ चौथो स्थानमा रह्यो। जारी प्रतियोगितामा नेपालको ब्याटिङ निराशाजनक देखियो।

समूह ‘बी’ बाट तीनवटै खेल जितेर ६ अंक हात पार्दै बंगलादेश विजेताका रूपमा सेमिफाइनलमा पुग्न सफल भयो। दुई जित र एक हारको नतिजा निकालेको भारत समूह उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गर्‍यो। यसैगरी समूह ‘ए’ बाट ६ अंकसहित पाकिस्तान विजेता र चार अंकसहित अफगानिस्तान उपविजेता बन्दै सेमिफाइनलमा पुगे। उक्त समूहमा दुई अंकसहित ओमान तेस्रो र एक खेल पनि जित्न नसकेको श्रीलंका चौथो भए।

बंगलादेशविरुद्घ टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा अलआउट हुनुअघि एक सय ३८ रनमात्र बनाउन सक्यो। नेपालका लागि सोमपाल कामीले सर्वा्धिक ३८ रन बनाएका थिए। जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोलीले २४ ओभरमै केवल दुई विकेट गुमाएर एक सय ४० रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो। बंगलादेशका लागि नजमुल सान्तोले अविजित ५९ रनको योगदान गरे। उनी म्यान अफ दी म्याच पनि घोषित भए।

यसैगरी लिग चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानले बलियो श्रीलंकालाई सात विकेटले हरायो। टस हारी पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९.५ ओभरमा अलआउट हुनुअघि दुई सय ३८ रन बनायो। जवाफमा अफगानिस्तानले ४४.५ ओभरमै तीन विकेट गुमाएर दुई सय ४२ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो। उक्त खेलमा अविजित एक सय दुई रन बनाउने अफगानिस्तानका ब्याट्सम्यान सहिदुल्लाह कमाल म्यान अफ दी म्याच घोषित भए।

अर्को खेलमा पाकिस्तानले ओमानलाई एक सय ४७ रनले हरायो। टस हारी पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धा्रित ओभरमा ६ विकेट गुमाएर तीन सय १९ रनको विशाल योगफल तयार पार्‍यो। जवाफी ब्याटिङमा ओर्लिएको ओमानले ४७.३ ओभरमा अलआउट हुनुअघि एक सय ७२ रनमात्र बनाउन सक्यो। उक्त खेलमा एक सय १८ रन बनाउने पाकिस्तानी ब्याट्सम्यान हैदर अली खान म्यान अफ दी म्याच घोषित भए।

यसैगरी आफ्नो अन्तिम खेलमा भारतले हङकङलाई एक सय २० रनले हरायो। टस जिती पहिले ब्याटिङ रोजेको भारतले निर्धा्रित ओभरमा पाँच विकेट गुमाएर तीन सय २२ रन बनायो। जवाफमा हङकङको टोली ४७.३ ओभरमै केवल दुई सय दुई रन बनाउँदै अलआउट भयो। उक्त खेलमा अविजित एक सय चार रन बनाउने भारतीय ब्याट्सम्यान चिन्मय सुतार म्यान अफ दी म्याच भए। प्रतियोगिताको सेमिफाइनलमा बुधबार भारतले पाकिस्तान र बिहीबार बंगलादेशले अफगानिस्तानको सामना गर्नेछन्। फाइनल खेल शनिबार खेलिनेछ । अन्नपुर्ण

ताजा खबर

शिवम् अटो ह्वील्स अत्तरिया–महिन्द्रा ग्राहकको विशेष उत्सव

हेमा भट्ट, माघ ११, कैलाली  महिन्द्रा गाडी प्रयोगकर्ताहरूका लागि प्रतिक्षित...

मोबाइल चिन्हसहित स्वतन्त्र आम–जनतापाटिबाट लक्ष्मी कुमारी बिष्ट भट्टको उम्मेदवारी

हेमा भट्ट, माघ १०, कञ्चनपुर कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र...

कञ्चनपुर उद्योग वाणिज्य संघको नेतृत्व हस्तान्तरण, विकास र सहकार्यको नयाँ अध्याय

हेमा भट्ट, माघ ९, कञ्चनपुर कञ्चनपुर । कञ्चनपुर जिल्लाको उद्योग,...

मर्निङ्ग ग्लोरी कस्मिट ब्रेन हाजिरीजवाफ प्रतियोगिता ः महेन्द्रनगर नमुना मावि९साधारण स्कुल० प्रथम

धनसिह धामी कञ्चनपुर ६ माघ । कञ्चनपुरको एक निजी विद्यालयले हाजिरीजवाफ...

रमेश लेखक पक्षधर नेता कार्यकर्ताद्वारा दोधारामा गगन र विश्वप्रकासको पुत्ला दहन

कञ्चनपुर, ६ माघ । कञ्चनपुर निर्वाचन क्षेत्र ३मा रमेश लेखकलाई...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?