राजिनामापछि राज्यमन्त्री रावलद्धारा सबै सेवा–सुविधा प्रदेश सरकारलाई फिर्ता

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदीय नैतिकताको आधारमा राज्यमन्त्री पदबाट राजिनामा दिएका छन् ।

उनले मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजिनामा बुझाउँदै आफु दोषी नहुँदा नहुँदै जबरजस्ती मुद्दा सिर्जना गरिएको बताएका छन् ।

प्रेस विज्ञप्तीमा उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले आफूमाथि जबरजस्ती नियोजित रुपमा मुद्दा सिर्जना गरिएको जनाएका छन् ।

राज्यमन्त्री रावलले आफुलाई जोडीएको जनज्याती बहुमुखि क्याम्पस प्रकरणको मुद्धामा आफ्नो कुनै संलग्नता नरहेको दावि गरेका छन् ।

‘शेयर सम्बन्धी मेरो कुनै पनि संलग्नता नरहेको विषयमा झुठा उजुरी दिदा प्रहरीको अनुसन्धानमा म उपर कहि कतै आरोप नहुदा नहुदै जबरजस्ती मुद्दा सिर्जना गरियो ।’ राजयमन्त्री रावलको राजिनामा पत्रमा उल्लेअ गरिएको छ ।

रावल कञ्चनपुर क्षेत्र नम्बर ३ को प्रदेश क बाट नेकपाबाट प्रदेशसभा सदस्यमा निर्वा्चित भएका थिए । रावल गत वर्ष असोज २३ मा राज्यमन्त्रीमा नियुक्त भएका थिए।

राज्यमन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजिनामा बुझाएका हुन् । राज्यमन्त्री रावलले प्रेस विज्ञप्ति जारी गरी दोसि कञ्चनपुरको एक क्याम्पसको शेयर विक्रीमा संलग्नताको आरोप लागेपछि नैतिकताका आधारमा राजिनामा दिएको बताएका छन् ।

‘क्याम्पसको शेयर विक्रीमा मेरो कुनै संलग्नता नरहेको विषयमा झुठा उजुरी दिंदा प्रहरीको अनुसन्धानमा म उपर कही कतै आरोप नहुँदा नहुँदै पनि जवरजस्ती मुद्दा सृजना गर्ने प्रयास केही व्यक्तिहरुले गरेको छन्,’ राज्यमन्त्री रावलले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले विज्ञप्तिमा आफूले दुई दशकदेखि व्यवसाय सञ्चालन गर्दै आएको भएपनि भ्रम सृजना गर्न हठाट सम्पत्ति सुद्धिकरणको दायरामा तान्ने प्रयास भएको सुन्दा आश्चर्यमा परेको समेत पनि उल्लेख गरेका छन् ।

राजिनामापछि राज्यमन्त्री रावलले सबै सेवा सुविधा प्रदेश सरकारलाई बुझाएका छन् । उनले आईतबार साझ आफुले लिएको सबै सेवा सुविधा प्रदेश सरकारलाई बुझाएर आफ्नै निजि सवारी साधनमा घर फर्केका हुन् ।

रावलले ११ महिना अगाडि २०७५ असोज २३ गते प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका थिए । रावल कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ‘क’ बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?