क्रिकेट रङ्गशाला निर्माणका लागि ५ लाख व्यक्तिगत सहयोग गर्ने

काठमाडौं १४ कार्तिक
विदेशमा बस्दै आएकी समाजसेवी ईशा गुरुङले चितवनमा निर्माणाधीन ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागी ५ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेकि छन ।

उक्त कुरा ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका प्रमुख समाजसेवी सिताराम कट्टेल (धुर्मुस)ले आफ्नो आफिसिय फेसबुक पेजम यस्तो लेख्नुभएको छ:

“प्रवासमा रहेर पनि नेपालका लागी निरन्तर सामाजिक काममा सक्रिय समाजसेवी आदरणिय दिदी ईशा गुरुङ्गले जनस्तरबाट निर्माण हुन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागी ५ लाख आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएकोमा हामी निकै खुसी छौं ।

आदरणिय दिदीले धुर्मुुस सुन्तली फाउण्डेशनको हरेक परियोजनामा स्वस्फूर्त सहयोग गर्दै आउनुभएको छ ।

नेपालका लागी अनि नेपाली खेलाडीहरुको भविष्यको लागी निर्माण गर्न लागिएको यस परियोजनाका लागी सहयोग गर्ने प्रतिबद्धता गर्नुभएकोमा दिदी ईशा गुरुङ्गलाई हार्दिक धन्यवाद ।

यस राष्ट्रिय गौरवको परियोजनामा सम्पुर्णलाई आ-आफ्नो स्थानबाट जोडिनुभई यस परियोजना सम्पन्न पार्न सहयोग गरिदिनुहुनेछ भन्ने आशा गर्दछौं ।”
news36 बाट साभार

ताजा खबर

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ...

पुर्व मेयर अशोक कुमार चन्द कञ्चनपुर २ बाट सिफारिस

कञ्चनपुर, २० पौष । आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा...

सुशासनका लागि खवरदारी गर्ने पत्रकार धामी सम्मानित

धन सिंह धामी बेलडाँडी १९ पाैष। कृषि, स्वास्थ्य, स्थानीय विकास,...

हरिहर स्नान घाटमा मकरमेलाका लागि समिति गठन 

डिल्लीराज पन्त, महेन्द्रनगर,१९ पाैष । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ हरिहर स्नान...

राप्रपा भीमदत्तनगर -१० वडा कमिटी अध्यक्षमा चन्द 

कञ्चनपुर १९ पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?